खेतमा पानी लगाउन हिँडेका युवक मृत भेटिए, हत्या भएको आंशका

 पुस १३, २०७५ शुक्रबार १७:२२:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ – खेतमा पानी हाल्न गएका प्यूठानको गौमुखी गाउँपालिका‐६, लिवाङका स्थानीय युवा १७ वर्षीय गणेश घर्ती मगर खेतनजिकै  मृत अवस्थामा भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार बुधबार बिहान  खेतमा पानी लगाउन जान्छु भन्दै घरबाट निस्किएका खड्का बिहीबार साँझसम्म घर आएका थिएनन् । खोज्दै जाँदा खड्कालाई बिहीबार राति ११ः ३० बजे मृत अवस्थामा खेतभन्दा करिब १५ मिटर टाढा भेटिएको थियो । मृत शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

हत्या भएको आशंका

मृतक खड्कालाई कसैले मारेको आशंका गरिएको छ । घटनास्थल नजिकै कोदालो भेटिएको, मृतकको टाउकोमा चोट भएकोले कोदालोले हानेर मारेको आशंका गरिएको प्रहरी प्रमुख वुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घटनाको विषयमा अनुसन्धान गरिरहेका छौँ ।’ मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया