साप्ताहिक शेयर समीक्षा: शेयर कर्जाको जोखिम भार ५० प्रतिशत झार्ने निर्देशनपछि बजारमा रौनक

 पुस १३, २०७५ शुक्रबार १८:५२:११ | ज्याेति दाहाल

काठमाडाैं - केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित मुद्राबजार तथा पूँजीबजार अध्ययन समितिले प्रतिवेदन दिएपछि र नेपाल राष्ट्र बैंकले समितिले प्रतिवेदनमा दिएको केही सुझावलाई कार्यान्वयन गर्न बैंक/वित्त क्षेत्रलाई निर्देशन दिएपछि यो हप्ता शेयरबजार निकै तात्यो ।

केन्द्रीय बैंकले शेयर धितो कर्जा मूल्यांकनको सीमा ५० प्रतिशतबाट ६५ प्रतिशत, शेयर धितो कर्जामा प्राथमिक पूँजीको २५ प्रतिशत बराबर मात्र गर्न पाउने व्यवस्थाको सट्टा ४० प्रतिशतसम्म  प्रवाह गर्न पाउने, वाणिज्य बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाली समेत गर्न पाउने र शेयर कर्जाको जोखिम भार १ सय ५० प्रतिशतबाट १ सय प्रतिशत कायम गर्न निर्देशन जारी गरेपछि बजारमा रौनक देखिएको हो ।

मुख्य रुपमा बजारमा कारोबार बढाउने आधार यही नै हो । साताको अन्तिम दिन झिनो अंकले सूचकमा गिरावट आए पनि कारोबार रकमले अर्ब नाघेको छ ।
कारोबारमा उल्लेख्य भूमिका निर्वाह गर्ने वाणिज्य बैंक समूहले लाभांश घोषणा गर्दै साधारणसभाको लागि शेयरधनी पुस्तिका बन्द हुने मिति सार्वजनिक गरिरहेका र कतिपय बैंकले सभा नै सम्पन्न गरिसकेका छन् ।

गएको आर्थिक वर्षको समेत साधारणसभा नगरेको सिभिल, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्श बैंकले अहिलेसम्म पुरानो सभा कहिले गर्ने हुन् कुनै जानकारी गराएका छैनन् ।

कुमारीले लाभांश घोषणा गरेको भए पनि कुन वर्षको हो भनेर खुलाएको छैन ्र यतिखेर नेपाल र प्रभु बैंकमाथि सबैको आँखा परेको छ ।

यी दुवै बैंक वर्षौंदेखि संचित घाटामा रहेर हालै संचित मुनाफामा उक्लेका हुन् ्र प्रभु आर्थिक वर्ष २०७३/७४ बाट र नेपाल आर्थिक वर्ष २०७४/७५ बाट संचित नाफामा उक्लेको हो ।

सरकारले पूँजीबजार सम्बन्धमा अध्ययन गर्न केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक भएलगत्तै तत्काल कार्यान्वयन गर्न सकिने जति कार्यन्वयनमा आएको छ ।

समितिका अन्य सुझाव क्रमशः कार्यान्वयन हुँदै जानेछन् ।  प्रतिवेदनमा तत्कालीन, निरन्तर र मध्यकालीन गरि सुझाव दिइएको छ ।

सूचक र बजार पूँजीकरण 

यस हप्ता बजार पूरै ५ दिन खुलेको थियो । यो साता कारोबार मापन गर्ने नेप्से परिसूचक अधिकतम १२१६.२४, न्यूनतम ११८६.०१ र बन्द हुँदा १२१५.१६ अंक कायम भएको थियो ।  

बजार पूँजीकरण १४ खर्ब ५७ अर्ब ४४ करोड ९४ लाख ३० हजार कायम भएको छ । यस हप्ता सर्वाधिक बजार पूँजीकरण हुने ५ कम्पनीभित्र नेपाल लाइफ इन्सुरेन्सले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई पाचौंमा धकेल्दै चौथो स्थान पाएको छ । 

एभरेष्ट बैंक ५ वटाबाट बाहिरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको बुक क्लोज भए पनि शेयर समायोजन हुन बाँकी रहेकोले यसको पूँजीकरणमा कमी देखिएको छ । उच्च बजार पूँजीकरण भएका अन्य कम्पनीमा एभरेष्ट, हिमालयन, एनआईसी, नेपाल एसबीआई र एनएमबी बैंक क्रमशः रहेका छन् ।

यस साता सर्वाधिक पूँजीकरण भएका ५ कम्पनी

सूचीकरण 


नयाँ शेयररहकप्रद

जारी भइरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ।

युनिभर्सल पावरको शेयरमा दोलखाका साविक गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु, जुँगु, लामाबगर, ओरांग, बुलुंग, लादुक, चिलंखा, आलम्पु, बिगु, खोपाचागु, कालिन्चोक, बाबरे, लामिडाँडा, लापिलाङ, सुनखानी र सुद्रावतीका स्थानीय बासिन्दाले आवेदन गर्न पाउनेछन् ।  

लाभांश घोषणा 

नेप्सेमा सूचिकृत कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेका छन् । कतिपय कम्पनीले साधारणसभा समेत सम्पन्न गरेका छन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ ।

वाणिज्य बैंक समूह 

विकास बैंक समूह 

लघुवित्त समूह 

 

वित्त, बीमा र दूरसञ्चार  


 

साधारणसभा  र बुक क्लोज 

नियुक्ति, राजिनामा, निर्वाचन र मनोनयन

कृषि विकास बैंकले अनिलकुमार उपाध्यायलाई ४ वर्षको लागि कार्यकारी अधिकृतमा नियुक्त गरेको छ  ।नेपाल लाइफ इन्सुरेन्सले सन्तोष प्रसाईंलाइ कम्पनी सचिव नियुक्त गरेको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले प्रकाश पौडेललाई आगामी ४ वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको छ । त्यस्तै मेगा बैंकले शिवादेवी काफ्लेलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनालको कार्यकाल १ वर्ष थप गरेको छ ।

ललितपुर फाइनान्सका सञ्चालक प्रोषणकुमार शाहले राजीनामा गरेका छन् ।
पूर्णिमा विकास बैंकले सुरज उप्रेतीलाई अध्यक्ष र लोकनाथ नेपाललाई संस्थापक समूहको सञ्चालकमा मनोनयन गरेको छ ।

तिनाउ विकास बैंकको साधारणसभाले अनिलप्रसाद श्रेष्ठ र रविन्सन कक्षपतिलाइ सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध सञ्चालक निर्वाचित गरेको छ । त्यस्तै विष्णु जोशी पोखरेललाई स्वतन्त्र सञ्चालक मनोनयन गरेको छ । स्वदेशी लघुवित्तमा सर्वसाधारण शेयरधनीतर्फबाट सुवर्ण पोखरेल सञ्चालक निर्वाचित भएका छन् ।

पोखरा फाइनान्सले वरिष्ठ अधिवक्ता कृष्ण गुरुङलाई बाँकी अवधिको लागि सर्वसाधारण समूह र विष्णुहरि तिमिल्सिनालाई ४ वर्षको लागि स्वतन्त्र सञ्चालक मनोनयन गरेको छ ।

अन्य गतिविधि 

धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावरलाइ स्थानीय वासिन्दाको लागि साधारण शेयर जारी गर्न अनुमति दिएको छ । 

गुराँस लघुवित्तले सर्वसाधारणलाई शेयर जारी गर्न अनुमति मागेको छ । यसअघि नै हिमालय उर्जा विकास कम्पनी, सान्जेन जलविद्युत, रसुवागढी हाइड्रोपावर र गणपति माइक्रोफ़ाइनान्सले शेयर जारी गर्न अनुमति मागेका छन् ।  

बोर्डले सूर्य लाइफ इन्सुरेन्सलाइ ७० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । एसियन लाइफ इन्सुरेन्स र मेरो माइक्रोफ़ाइनान्सले हकप्रद जारी गर्न अनुमति मागेका छन् ।

एनआइसी एसिया बैंकले १० प्रतिशत एनआइसी एसिया ऋणपत्र जारी गर्न अनुमति मागेको छ । ऋणपत्रको रकम ४ अर्ब रहेको छ । ग्लोबल बैंकले ग्लोबल बैंक १० दशमलव ५ प्रतिशत ऋणपत्र २०८० जारी गर्न अनुमति मागेको छ । ऋणपत्रको रकम १ अर्ब ५० करोड रहेको छ ।  

सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०७४-७५ को बोनस शेयर दर्ता गरेको छ । 

हाथ्वे फाइनान्सले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गरी ५१ र ४९ प्रतिशत कायम गरेको छ । संस्थापकले धारण गरेको २ लाख ७० हजार कित्ता सर्वसाधारणमा परिवर्तन भएको छ । 

जलविद्युत लगानी तथा विकास कम्पनीले नाम परिवर्तन गरी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी राखेको छ । 

नेपाल स्टक एक्सचेन्जले आशुतोष ब्रोकरेज हाउस (दलाल नं-८)  लाइ निलम्बन गरेको छ । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया