दोलखाको कालिञ्चोकसहित उच्च भेगमा हिमपात

 पुस १३, २०७५ शुक्रबार १९:४५:२१ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाको कालिञ्चोकसहित उच्च भेगमा हिमपात भएको छ । झण्डै १२ बजेदेखि हिमपात भएको हो ।

दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकसहित शैलुङ, जिरी, खरिढुङ्गालगायतका स्थानमा हिमपात भएको हो । दोलखाको कालिञ्चोकमा यस वर्षको दोश्रो पटक हिमपात भएको हो । कालिञ्चोकमा झण्डै ३ साताअघि हिमपात भएको थियो । त्यस समयमा भने सामान्य हिमपात भएकाले झण्डै दुई दिनमै बिलाएको थियो । 

मौसम धमिलो रहे यस पटकको हिउँ झण्डै साता दिनसम्म नबिल्ने कालिञ्चोकको कुरीस्थित होटल सुनपातिका प्रोपाइटर हरि वलीले जानकारी दिनुभयो । 
हिउँ परेको खबर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा छाएपछि कालिञ्चोकमा हिउँ खेल्न धेरै मानिसहरु पुगिसकेका छन् । 

अन्तिम अपडेट: चैत २३, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया