देशको समृद्धि र विकासका लागि कोही पनि सत्तापक्ष र प्रतिपक्ष हुन सक्दैन : मन्त्री ज्ञवाली

 पुस १४, २०७५ शनिबार १६:३९:२१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले लामो समयपछि नेपालले राजनीतिक अस्थिरता र संक्रमणकाललाई अन्त्य गरी राजनीतिक स्थायित्व प्राप्त गरेको भन्दै देशको विकास र समृद्धिका लागि अब कोही पनि पक्ष र प्रतिपक्ष हुन नसक्ने बताउनु भएको छ ।

उहाँले संसदभित्र बस्दा कोही सत्तापक्ष र कोही प्रतिपक्ष भए पनि देश बनाउने र देशको गरिबी, भष्ट्राचार र अन्धकारकाविरुद्ध लड्ने क्रममा अब कोही पनि सत्तापक्ष र प्रतिपक्ष नभएको बताउनुभयो । राष्ट्र निर्माणमा सबैको योगदान उत्तिकै महत्वपूर्ण रहेको भन्दै त्यसका लागि सबै एक ढिक्का भएर अघि बढ्नु पर्ने मन्त्री ज्ञवालीको भनाई थियो ।

शनिबार गुल्मीको सदरमुकाम तम्घासमा रेसुंगा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सव तथा ३४ औं क्याम्पससभामा बोल्दै मन्त्री ज्ञवालीले त्यस्तो बताउनुभएको हो । अबको तीन वर्षभित्रमा नेपाललाई अति अल्पविकशितबाट विकासशील देशको रुपमा स्थापित गर्ने सरकारले संकल्प गरेको भन्दै मन्त्री ज्ञवालीले सन् २०३० भित्रमा नेपाललाई मध्यम आय भएको देशमा लैजाने दाबी गर्नुभयो ।

वर्तमान सरकार बनिरहँदा वाह्य सम्बन्धहरुमा ठूला–ठूला दरार उत्पन्न भएको र त्यसैका कारण नेपालको राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै परराष्ट्र मन्त्री ज्ञवालीले छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई वर्तमान सरकारले एउटा नयाँ उचाईमा उठाएको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया