आहा रारा गोल्ड कपको लागि नयाँ कार्यतालिका सार्वजनिक

 पुस १४, २०७५ शनिबार १८:१५:५ | सुमन गुरुङ
unn.prixa.net

कास्की – आहा रारा गोल्ड कपको १७ औं संस्करण आगामी फागुन दोस्रो हप्तादेखि हुने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता फागुन ९ गतेदेखि १८ गतेसम्म आयोजना हुने जानकारी गराएको हो । मागेको मितिमा र अखिल नेपाल फुटबल संघले तोकेको मितिमा फुटबल गर्न असमर्थ जनाउँदै आएको क्लबले अन्ततः फागुन ९ गते आयोजना गरी १७ औं सस्करणको प्रतियोगितालाई टुग्याउने निर्णय गरेको हो ।

यसअघि फुटबल संघ (एन्फा)ले पोखरामा तीन दिनको अन्तरालपछि दुई ठूला प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरको थियो । सार्वजनिक गरेको मिति अनुसार माघको २६ गतेसम्म मनकामना केबलकार कप फुटबल प्रतियोगिता टुंग्याउने र २९ गतेदेखि आहा रारा गोल्डकप सुरु गर्ने भनिएको थियो । तीन दिनको अन्तरमा गोल्डकप आयोजना गर्न नसकिँने जनाउँदै सहारा क्लबले फागुन ९ गतेदेखि गाल्डकप सञ्चालन गर्ने निर्णय गरेको सहारा क्लबका अध्यक्ष केशबवहादुर थापाले बताउनुभयो ।

एन्फाले मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगितालाई फागुन ९ गते गर्ने गरी निर्णयसहितको तालिका दिएपछि सहाराले फागुन दोस्रो सातादेखि गाल्डकप आयोजना गर्ने अन्तिम टुंगोमा पुगेको हो ।

प्रतियोगितामा विदेशी टिम, ए डिभिजन क्लबहरु, पूर्व र पश्चिम क्षेत्रका टिमहरु र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया