हिलोसहितको आकाशे पानी प्रयोग नगर्न डाक्टरको सुझाव

 असार २, २०७५ शनिबार १५:१६:३० | उज्यालो सहकर्मी

काठमाडाै‌ - शुक्रबार राती परेको हिलोसहितको आकाशे पानी प्रयोग नगर्न डाक्टरले सुझाव दिएका छन् । 

अत्याधिक फोहोर र धुलो भएका कारण आकाशबाट परेको पानीले स्वास्थ्यमा असर गर्ने भएकाले प्रयोग गर्न नगर्न डाक्टरले सुझाव दिएका हुन् । 

पानीमा विभिन्न रोगका किटाणु समेत हुनसक्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । यस्तो पानी प्रयोग गर्दा शरीरमा एलर्जी हुने र झाडापखाला लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

भारतको राजस्थान हुँदै नेपाल प्रवेश गरेको वायुमा फोहोर र धुलो धेरै रहेकाले लेदो सहितको पानी परेको मौसमविद्ले जनाएका छन् । अझै दुई दिनसम्म हिलोसहितको पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलमा भारतबाट आएको धुवाँ र धुलोको मात्रा धेरै रहेकाले अझै एक दुई दिनसम्म यो क्रम चलिरहने सम्भावना छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया