ट्रेड युनियन कांग्रेसमा देउवालाई झड्का: पौडेल, कोइराला र सिटौला पक्षको जीत,

 असार २, २०७५ शनिबार १५:२५:६ | उज्यालो सहकर्मी

काठमाडौं - नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा पुष्कर आचार्य निर्वाचित हुनुभएको छ ।

काठमाडौमा भएको छैटौं राष्ट्रिय महाधिवेशनमा भएको चुनाबबाट आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

आचार्यले ८ सय १८ मत र उहाँका प्रतिष्पर्धी निर्वतमान अध्यक्ष समेत रहेका खिलानाथ दाहालले ५ सय ३३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 
यस्तै, वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव विजयी हुनुभयो । महासचिवमा योगेन्द्रकुमार कुंवर ७ सय ६९ मतका साथ बिजयी हुनुभयो । प्रतिस्पर्धि सञ्जयप्रसाद मिश्रले ५ सय ५१ मत प्राप्त गर्नुभयो ।

खुल्ला उपाध्यक्षमा तेजेन्द्रजंग कार्की (७९९) र अजय कुमार राई (७७३), उपाध्यक्ष महिलामा इन्दिरा सापकोटा (७२२), उपाध्यक्ष सेवामा नेत्रविक्रम थापा (७६१), उपाध्यक्ष उत्पादनमा ललितबहादुर श्रेष्ठ (८१४), उपाध्यक्ष अनौपचारिक तथा स्वरोजगारमा आशासिंह राठौर (८०२) निर्वाचित हुनुभएको छ । 

त्यसैगरी उपमहासचिव खुल्लामा ज्योति कोइराला (७३०), गणेशबहादुर केसी (७११), उपमहासचिव महिलामा राधिका कुँईकेल (८२४), सेवामा सिताराम अवस्थी (७२०), उत्पादनमा ईश्वरबहादुर परियार (७२१), अनौपचारिक तथा स्वरोजगारमा राजेश पालिखे   (७१५), कोषाध्यक्षमा मोहनकुमार बस्नेत (७६९) र सहकोषाध्यक्षमा शुशिला घिमिरे (७९६), निर्वाचित हुनुभएको छ ।

यसैगरि खुला सदस्यमा बलदेव तामाङ्ग, कुलबहादुर खड्का, लक्ष्मणप्रसाद भट्टराई, सञ्जयकुमार दाहाल, जनकराज पाण्डे, ध्रुबचन्द्र गौतम, दुर्गादत्त शर्मा आचार्य, विरेन्द्रकुमार शाह निर्वाचित हुनुभएको छ । 

विजयी भएका मध्ये खुला सदस्य ध्रुवचन्द्र गौतम मात्रै सभापति शेरबहादुर देउवा प्यानलका हुनुहुन्छ ।

आचार्यलाई पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित महामन्त्री डाक्टर सशांक कोइराला, नेताहरु कृष्ण सिटौला अर्जुननरसिंह केशी लगायतको समर्थन थियो । 

अध्यक्षमा निर्वाचित भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले मजदुरको अधिकार स्थापित गर्दे सम्मानपूर्वक जीवनयापन गर्ने परिस्थिति सृजना गराउन लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया