बैतडीमा सामाजिक चेतना बढ्दाे: छोरीले दिइन् मृतक बाबुलाई दागबत्ती

 पुस १५, २०७५ आइतबार १५:५:३९ | जयराज अवस्थी

बैतडी –  बैतडीको सबैभन्दा दुर्गम सिगास गाउँपालिकाकी एक महिलाले आफ्ना बाबुकाे मृत्यु हुदाँ आफैले दागबत्ती दिएकी छिन् ।

बैतडीको सिगास गाँउपालिका वडा नं–७, ओखडानका ७२ वर्षीय रघुवीर ऐरको मृत्यु हुँदा उनकी छोरी बेलमतीले मलामी गएरै बुवालाई दागबत्ती दिएकी हुन् । मृतक ऐर गाँउका मुखिया समेत रहेका हुनुहुन्थ्यो । 

महिलाले शवलाई छुनै नहुने सामाजिक परम्परा भए पनि बेलमतीले भने आफ्ना दाजुभाई कोही नभएकाले आफू नै सन्तानको रुपमा हुँदा मृतक बाबुलाई दागबत्ती दिएको बताइन् । 

मलामी गएका अन्य गाउँलेहरुले पनि मृतककी छोरीले दागबत्ती दिने इच्छा देखाउँदा उनको इच्छालाई नकार्न नसकेको स्थानीय वीरेन्द्र ऐरले बताउनुभयो । 
मृतक ऐरकी छोर ५घण्टा पैदल हिँडेर सिगास गाँउपालिकाको वडा नं–६ मौरिबगरमा रहेको सेती नदीको किनारमा बाबुको अन्तिम संस्कारमा सहभागी भएकी हुन् । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया