सल्यानमा यात्रुबाहक बस दुर्घटना, पाँचजना घाइते

 पुस १५, २०७५ आइतबार १७:४२:५४ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला बजारमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम चौहरजहारीका लागि छुटेको ना ४ ख ७१४६ नम्बरको बस पल्टिँदा पाँच महिला घाइते भएको इलाका प्रहरी कार्यालय सल्लीले जनाएको छ ।  
घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका –५, निवासी दिलमाया रोकाय, बनगाड कुपिण्डे –५ निवासी १३ वर्षीया  रीता नकाल, रुकुम चौहरजारी–१, निवासी ३१ वर्षीया प्रेमकला न्यौपाने, रुकुम चौहरजारी–५ निवासी २६ वर्षीया प्रमिला पुन, सोहि स्थानकी ३८ वर्षीया मिना मल्ल रहेका छन् ।

घाइते सबैको उपचार लागि सल्लीबजारको मेडिकलमा भइरहेको इलाका प्रहरी कार्यालय सल्लीका इन्चार्ज सई सुशील रावलले जानकारी दिनुभयो । ४० जना यात्रु बोकेको सिस्ने हिमाल यातायातको बस नालीमा पल्टेको र गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया