इमोबाटै मानव तस्करी

 पुस १६, २०७५ सोमबार १२:५३:४४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – सामाजिक सञ्जाल इमोलाई पछिल्लो समय मानव तस्करहरुले सजिलो माध्यम बनाएको पाइएको छ । 

मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपाल नेपालगञ्जको पछिल्लो एक वर्षको अवधमा   श्रम तथा यौन शोषणमा परेका ८२ जना महिलाको उद्धार गरेको छ । तीमध्ये ४० जनाभन्दा बढी इमोको माध्यमबाट दलालको जालमा फसेको पाइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

यसैगरी सीमाबाट उद्धार गरिएका ९१८ जनामध्ये अधिकांश इमोको सम्पर्कमा आएको माइती नेपालले जनाएको छ । भारतीय बाटो हुँदै खाडी देश रोजगारीका लागि लगिदिने भन्दै इमोको सम्पर्कमा महिलाहरु पुग्ने गरेका छन् ।    हराउनेमा बालक भन्दा १८ बर्ष मुनीका बालिका धेरै रहेको माइती नेपालले जनाएको छ । 

माइती नेपालमा १८ वर्ष मुनिका बालिका हराएको भन्दै खोजतलासका लागि तीन सय ३२ वटा निवेदन दर्ता भएको छ । त्यस्तै बालक हराएको एक सय २८ र १८ बर्ष माथिका हराएको चार सय १५ वटा निवेदन परेको थियो ।  सन २००२ देखि २०१८ सम्म पाँच हजार १९३ जना हराएको भन्दै खोजतलासको निवेदन परेकोमा ७५९जना फेला परेका छन् । यस अवधिमा श्रम तथा यौन शोषणमा परेका ३२५ जनाको उद्धार गरिएको छ । 

जोखिमपूर्ण यात्रामा रहेका ६ हजार ४४२ जनालाई सीमाबाट उद्धार गरिएको छ ।  तीन हजार ५१३ जनालाई परामर्श दिई सीमाबाट घर फिर्ता पठाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया