लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुवात गरेको छ ।
शनिवार भएको समुह सीको खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले हराउँदै ३ अंक जोडेको हो ।
फ्रान्सलाई जिताउन एण्टेनियो ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । ८० औ मिनेटसम्म १–१ को बराबरीमा रहेको खेलमा पोग्बाले गरेको गोल नै निर्णायक भयो । उनले जिरोउडको पासमा गोल गरेका थिए ।
खेलको ५८ औ मिनेटमा फ्रान्सका लागि एण्टेनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
तर त्यसको ३ मिनेटमै अष्ट्रेलियाले पेनाल्टीमै बराबरी गोल फर्काएको थियो ।
विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेण्ट रेफ्री भीएआर र गाेललाइन प्रविधि प्रयोग गरियो ।
५७ औं मिनेटमा अष्ट्रेलियाका जोशुआ रिस्डनले एण्टोन ग्रीजम्यानलाई लडाएपछि भीएआर प्रविधिबाट पुष्टि गर्दै रेफ्रीले पेनाल्टी दिएका थिए ।
८० अाैं मिनेटमा पाेग्बाकाे प्रहार गाेल भए नभएकाे पुष्टि गर्न गाेललाइन प्रविधि प्रयोग गरियो र त्यसले गाेल भएकाे पुष्टि गरेपछि फ्रान्स २-१ ले विजयी भएकाे हाे ।
बेलुकी ९ : ४५ मा समूह सी कै डेनमार्क र पेरुका बीच खेल हुँदैछ ।