सन् २०१९ मा पाठकलाई नारायण वाग्लेको कोसेली : कोरियाना कफी गफ

 पुस १६, २०७५ सोमबार १७:२८:४६ | उज्यालो सहकर्मी

काठमाडौं – चर्चित लेखक तथा पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना : कफी गफ’ केही दिनपछि नै बजारमा आउने भएको छ । 

कान्तिपुर राष्ट्रिय दैनिकका सम्पादकसमेत रहेका वाग्लेले सोमबार ट्वीटमार्फत केही दिनमै आफ्नो नयाँ पुस्तक बजारमा आउने बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘किताब लेख्न सधैँ झक्झक्याइरहने सबै प्रिय पाठकहरूलाई नयाँ वर्ष २०१९ को मेरो कोसेली । केही दिनपछि बजारमा ।’

उनले यसअघि चर्चित स्तम्भ ‘कफी गफ’ समेत लेख्दै आएका थिए । त्यस्तै नारायण वाग्लेका चर्चित पुस्तक ‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ प्रकाशित छन् । ‘पल्पसा क्याफे’ स्पेनिस, कोरियन लगायत विश्वका एक दर्जनभन्दा बढी भाषामा अनूदित भएको छ । 
 

 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • राजेन्द्र लामा

    Jan. 15, 2019, 3:23 a.m.

    पल्पसा क्याफे कोरियन भाषामा प्रकासित छ रे कहॉ सम्पर्क गर्न सकिन्छ होला..?

  •  0 Reply

तपाईको प्रतिक्रिया