आयरल्यान्ड–उल्भ्सले दियाे नेपाल 'ए' लाई २ सय २३ रनकाे लक्ष्य
चैत १६, २०८० शुक्रबार
काठमाडौं – चर्चित लेखक तथा पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना : कफी गफ’ केही दिनपछि नै बजारमा आउने भएको छ ।
कान्तिपुर राष्ट्रिय दैनिकका सम्पादकसमेत रहेका वाग्लेले सोमबार ट्वीटमार्फत केही दिनमै आफ्नो नयाँ पुस्तक बजारमा आउने बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘किताब लेख्न सधैँ झक्झक्याइरहने सबै प्रिय पाठकहरूलाई नयाँ वर्ष २०१९ को मेरो कोसेली । केही दिनपछि बजारमा ।’
किताब लेख्न सधैं झक्झक्याइरहने सबै प्रिय पाठकहरूलाई नयाँ वर्ष २०१९ को मेरो कोसेली! केही दिनपछि बजारमा; pic.twitter.com/S0fl8z6Bvk
— narayan wagle (@narayanwagle) 31 December 2018
उनले यसअघि चर्चित स्तम्भ ‘कफी गफ’ समेत लेख्दै आएका थिए । त्यस्तै नारायण वाग्लेका चर्चित पुस्तक ‘पल्पसा क्याफे’ र ‘मयुर टाइम्स’ प्रकाशित छन् । ‘पल्पसा क्याफे’ स्पेनिस, कोरियन लगायत विश्वका एक दर्जनभन्दा बढी भाषामा अनूदित भएको छ ।
राजेन्द्र लामा
Jan. 15, 2019, 3:23 a.m.पल्पसा क्याफे कोरियन भाषामा प्रकासित छ रे कहॉ सम्पर्क गर्न सकिन्छ होला..?