प्रधानमन्त्रीको बुझाईमा समस्या छ: गगन थापा

 असार २, २०७५ शनिबार १९:३७:१२ | उज्यालो सहकर्मी

काठमाडाैं - नेपाली काँग्रेसका नेता गगन थापाले देशको समृद्धि र विकासप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको बुझाई गलत भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस पाल्पा काठमाडौ सम्पर्क समितिको तेस्रो अधिवेशनलाई सनिबार सम्बोधन गर्दै उहाँले राजनीतिक स्थायित्व भएपछि विकास हासिल भइहाल्छ भन्ने प्रधानमन्त्री ओलीको बुझाइमा समस्या रहेको बताउनुभएको हो ।

‘प्रधानमन्त्रीको बुझाइमा समस्या छ, उहाँले भन्नुभयो, राजनीतिक स्थायित्वले होइन लोकतान्त्रिक संस्थालाई मजबुत बनाएर मात्रै नेपालको मुहार फेर्न सकिन्छ ।’

विकासप्रति प्रधानमन्त्रीको बुझाइमा फरक भएका कारण व्यवहारमा फरक भएको भन्दै नेता थापाले लोकतान्त्रिक संस्थालाई बलियो बनाउने पहिलो शर्त संबिधानको पालना भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काँग्रेसले सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्छ भन्ने कुरा त्यो मध्ये एक पद आफुले पाउँला भनेर नउठाएको तर संविधानमा स्पष्ट ब्यवस्था गरिएको विषय पालना नगर्नु दुखद भएको बताउनुभयो ।

सभामुख र उपसभामुख मध्ये एक पद कांग्रेसले पाउने आशा नगरेको त्यो पद फोरम वा राजपालाई दिएपनि हुने उहाँको भनाई छ ।

काँग्रेसको दवाव संविधानको परिपालना होस भन्ने रहेको पनि थापाले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • लोक विनयी

    June 16, 2018, 9:55 p.m.

    , राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख हिजो जहाँ जो भए पनि आज तत् तत् पार्टीको सबै तह र साधारण सदस्य बाट समेत राजिनामा दिएर स्वतन्त्र भइ सकेकाले उहाँहरु सबै कुनै पनि पार्टीका सदस्य नरहेको यथार्थता नेपाली कांग्रेस ले पनि बुझ्नु पर्ने हो ! बुझी २ बुचपचाएर राजनीति गर्नु झन् अनर्थको राजनीति हो ! अनी बर्षदिन सम्मको नीति तथा कार्यक्रम नहेरी नेकपा नेतृत्वको सरकारको जथाभावी बिरोध गर्दै हिड्नु आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हुने कुरा बुझे गगनहरुको भावी राजनीति राम्रो होला !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया