प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर

 पुस १७, २०७५ मंगलबार १३:५४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सर्वसम्मत अनुमोदन हुनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उहाँलाई सर्वसम्मत प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । यसअघि राणा प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दाबी गर्दैै समितिमा विभिन्न नौवटा उजुरी परेको भए पनि सुनुवाई समितिले त्यसको समेत छानबिन गर्दै राणालाई प्रधानन्यायाधीशमा चयन गरेको हो ।  

न्याय परिषद्ले सिफारिस गरेका जबराको नाम संसदीय समितिले अनुमोदन गरेको हो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया