सिरहाबाट अत्याधुनिक हतियार मेसिन गनसहित एकजना पक्राउ

 पुस १७, २०७५ मंगलबार १५:१४:५७ | शुभनारायण यादव
unn.prixa.net

सिरहा – सिरहाको गोलबजारबाट प्रहरीले अत्याधुनिक हतियार सर्ट मेशिन गन (एसएमजी) सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–११ बस्ने चतुरनारायण चौधरी रहेको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) हरिबहादुर पालले जानकारी दिनुभयो  । 

प्रदेश प्रहरी कार्यालय प्रदेश न.–२, बाट खटिएको प्रहरी टोलीले चौधरीको साथबाट एकथान एसएमजी, ५ राउण्ड गोली र दुईओटा म्यागेजिनसमेत बरामद गरेको छ ।
केही दिनअघि सिराहामा प्रेशरकुकर बम राखेर आतंक सिर्जना गर्ने कार्यमा संलग्न चौधरी जयकृष्ण गोइतको भुमिगत समूहबाट छुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘चतुरनारायण चौधरीले पछिल्लो समय गोइतको नामबाट चन्दा संकलन लगायतका कार्य गर्दैै आएको खुलेको छ,’ डीआईजी पालले भन्नुभयोे । उहाँका अनुसार चौधरीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिरहाले थप अनुसन्धान गरिरहेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया