विश्वकपमा अर्जेण्टिना: ७८ प्रतिशत बल नियन्त्रणमा, तर गोल नथप्दा अंक बाँड्न बाध्य

 असार २, २०७५ शनिबार २०:५५:५२ | उज्यालो सहकर्मी

विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा अर्जेण्टिना अंक बाँड्न बाध्य भएको छ ।  

विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि अर्जेण्टिना अंक बाँड्न बाध्य भएको हो ।

१९ औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि अर्जेण्टिनाले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । त्यसको ४ मिनेटपछि आइसल्याण्डले बराबरी गोल फर्काएको थियो ।

आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् । अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए । 

अर्जेण्टिनाले ७८ प्रतिशत बल नियन्त्रणमा राखेपनि गोल भने थप्न सकेन । 

मेस्सी चुके पेनाल्टीमा 

कप्तान लियोनेल मेस्सी पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेण्टिनाले खेल जित्ने सुन्दर मौका चुकाएको हो ।

६३ औ मिनेटमा होर्डर म्याग्नसनले अर्जेण्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेण्टिनाले पाएको पेनाल्टी कप्तान मेस्सीले हानेका थिए ।  उनको फितलो प्रहार आइसल्याण्डका गोलकिपर ह्यानेस थर हल्डर्सनले सजिलै बचाएका थिए । 

त्यसपछि मेस्सी र अर्जेण्टिनाका अरु खेलाडीले गोल गर्ने धेरै प्रयास गरेपनि सफल हुन सकेनन् ।

खेलको अन्तिम मिनेटमा पाएको फ्रिकिकमा पनि मेस्सिले गोल गर्न सकेनन् । 


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया