आईएमई डिजिटल र जनता बैंकबीच सम्झौता

 पुस १८, २०७५ बुधबार १६:४४:४७ | उज्यालो सहकर्मी

काठमाडौं - आईएमई ग्रुपले प्रवर्धन गरेकाे ‘आईएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेड बीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आईएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

सम्झौता अनुसार जनता बैंक नेपाल लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

सम्झाैतापछि  जनता बैंकका सेवाग्राहीहले आईएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने तथा बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ ।

यसका साथै जनता बैंक नेपालका सेवाग्राहीहरुले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया