अछाममा रुखबाट खसेर महिलाको ज्यान गयाे

 पुस १८, २०७५ बुधबार १७:५५:४१ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर-५, रामारोशनमा रुखबाट खसेर एउटी महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा स्थानीय भक्त बटालाकी ३१ बर्षीया श्रीमती झुपादेवि बटाला रहेकाे र र उनकाे दाउरा काट्ने क्रममा रुखबाट खसेर बुधबार ज्यान गएको खुल्न आएकाे छ ।

रामारोशनको सुनिवनमा रुखबाट दाउरा काट्ने क्रममा रुखबाट खस्दा उनको घटनास्थलमै ज्यान गएको मृतकका देवर टेकराज बटालाले जानकारी दिनुभयो । मृतकका श्रीमान, २ छोरी र १ छोरा छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया