अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चारजना कामदार बेपत्ता

 असार ३, २०७५ आइतबार ७:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा– अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका ४ जना मजदुर भेटिएका छैनन् । शनिबार दिउ“सोबाट उनीहरुको खोजी थालिएपनि भीरबाट धेरै माटो र ढुंगा सहितको पहिरो झरेकाले कठिनाई भएको प्रहरीले जनाएको छ । घटनास्थलमा ६ वटा स्काभेटर र डोजर प्रयोग गरिएको छ ।

खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दा खटिएका छन् । नुमको फ्याक्सिन्दामा निर्माण भइरहेको अरुण तेश्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे पहिरो झरेको थियो । सुरुङमा पुरिएर कालिकोटको सिउना गाउ“पालिका ४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोर बेपत्ता भएका हुन् ।
 
सुरुङमा बिस्फोट गराईसकेपछि सफा गर्न गएका उनीहरु पहिरोमा फसेका थिए । खोजीमा खटिएका सुरक्षाकर्मीका अनुसार पहिरो हटाउन निकै समय लाग्नेछ । संखुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारु मगरले पहिरो हटाउन समय लाग्ने भए पनि सुरुङको प्रबेश मार्गमात्र खोल्न सके उनीहरुको अवश्थाका बारेमा थाहा पाइने बताउनुभयो । बाहिरी भागमात्र पहिरोले थुनिएकाले जीवितै उद्धार हुनसक्ने सम्भावना रहेको उहाँको भनाई छ । घटनास्थलमा एम्बुलेन्स र अक्सिजन सहित स्वास्थ्र्यकर्मी पनि खटिएका छन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया