अन्नुले पाइन् आमाको नामबाट नागरिकता

 पुस १९, २०७५ बिहिबार ६:२९:५३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की अन्नुु मौर्यले आमाको नामबाट वंशजका आधारमा नेपाली नागरिकता प्राप्त प्राप्त गर्नुभएको छ । 

नेपालको संविधान अनुसार आवश्यक कागजात पेस गर्दा पनि विभिन्न बहाना देखाउँदै नागरिकता दिन आनाकानी गरेपछि अन्नुुले जिल्ला अदालतमा मुुद्दा दर्ता समेत गर्नुपर्‍यो ।

जिल्ला अदालतले अन्नुुलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाँकेलाई आदेश दिएको थियो । अन्नुुले नेपाली नागरिकता नपाएपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा आफूले नागरिकता कहिले सम्म पाउँछुु भनी सूचना माग गर्नुभएको थियो । बुधबार मौर्यले नागरिकता पाएपछि आफू ज्यादै नै हर्षित भएको बताउनुभयो । ‘अब मलाई रोजगारीका लागि सहजता भएको छ’, मौर्यले भन्नुभयो । नेपालगञ्जमा यसअघि आमाको नाममा दीपिका सोनी र शकिल हल्वाईले नागरिकता प्राप्त गरिसक्नुभएको छ । 

आमाको नाममा नागरिकता प्राप्त गराउन कानुुनी प्रक्रियामा सहयोग गर्दै आउनुु भएका महिला तथा कानुुन विकास मञ्च, बाँकेका संयोजक अधिवक्ता सुुनिल श्रेष्ठले आमाको नामबाट नागरिकता पाउने कानुुनी प्रावधान भए पनि अझै सहज तरिकाले प्राप्त गर्न नसक्नु दुःखद भएको बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत ३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया