सुनको भाउ बढ्यो

 पुस १९, २०७५ बिहिबार ११:१९:४० | उज्यालो सहकर्मी

काठमाडौं – सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । 

सुन आज तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा १ सय रुपैयाँ घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँ बढेको हो । 

यसअघि ७० साल भदौ महिनामा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । त्यसयता घटेर तोलाको ४७ हजार ७ सयमा झरेको

सुनको भाउ आज ६० हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुन र डलरको भाउ बढेकाले नेपाली बजारमा सुनको भाउ महंगो भएको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । 

यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया