धादिङमा २३५ किलो चरेशसहित २ जना पक्राउ

 पुस १९, २०७५ बिहिबार ११:३३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङमा २ सय ३५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । 

धादिङको गजुरीमा बुधबार बिहान ३ बजेतिर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकबाट २ सय ३५ किलो चरेशसहित भारतको उत्तरप्रदेशका सतेन्द्रसिंह बगेल र पर्सा पटेर्वा गाउँपालिका–१, का लाल मोहम्मद गद्दीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया