रेशम चौधरीको सपथ ग्रहणको समय सर्‍यो

 पुस १९, २०७५ बिहिबार ११:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कारागारमा रहेका रेशम चौधरीलाई सपथ गराउने समय सरेको छ । 

बिहीबार बिहान ११ बजे सांसदको सपथ खुवाउने तयारी गरेको भए पनि चौधरी नआइपुग्दा सपथको समय सरेको संसद सचिवालयले जनाएको छ ।  

कैलालीको टीकापुरमा आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा डिल्लीबजार कारागारमा रहेका चौधरीेलाई संसद भवन लैजान ढिलाई भएकाले दिउँसोसम्मका लागि सपथ सरेको संसद सचिवालयले जनाएको छ । 

चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराउने तयारी गर्नुभएको थियो । 

संसद बैठकको समय भएकाले चौधरीलाई सपथ गराउने कार्यक्रम ३ बजेपछि मात्रै हुने सचिवालयले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया