प्रधानमन्त्री ओलीले संसदमा आइतबार मात्रै सम्बोधन गर्ने

 पुस १९, २०७५ बिहिबार १२:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन आइतबारका लागि सरेको छ । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्ने तयारी भए पनि कार्यव्यस्तताका कारण आइतबारलाई सरेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । 

सम्बोधनमा उहाँले प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय, सरकारका काम कारबाही र केही दिनअघि संसदमा विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने तयारी थियो । 

सम्बोधनमा प्रधानमन्त्री ओलीले वाइडबडी विमानको खरिदमा भ्रष्टाचार भएको विषयमा पनि बोल्ने तयारीे थियो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया