‘हेल्लो जिन्दगी’ मा काम गर्ने कुरा हल्ला मात्र : अदिती बुढाथोकी

 पुस १९, २०७५ बिहिबार १२:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – केही समयअघि अनमोलको चलचित्र ‘कृ’ बाट चलचित्र उद्योगमा भित्रिएकी अभिनेत्री अदिती बुढाथोकीले ‘हेल्लो जिन्दगी’ मा काम गर्ने कुरा पक्का भएको खबर बाहिरिएको थियो ।

तर अन्ततः अभिनेत्री बुढाथोले त्यो चलचित्रमा काम गर्न लागेको कुरा हल्ला मात्र भएको बताएकी छिन् । 

‘कसरी त्यस्तो हल्ला चल्यो, मलाई पनि थाहा भएन । अहिले नै मैले कुनै पनि नेपाली चलचित्रमा काम गर्न लागेकी छैन’, उनले भनिन् । चलचित्रको निर्देशन एभरेष्ट सूर्य बोहराले गर्ने बताइएको थियो । उनले निर्देशक बोहरासँग भेट भएको कुरालाई भने स्वीकार गरेकी छन् । भेट भएको भए पनि चलचित्रको विषयमा कुनै पनि कुरा नभएको उनले बताएकी छिन् । 

उनले हाल नेपाली चलचित्रमा काम गर्न लागेको कुरालाई अस्वीकार गर्दै बलिउडका चर्चित अभिनेता फरहान अख्तरले बनाउन लागेको वेब सिरिज ‘इनसाइड एज २’ मा काम गर्न लागेको बताएकी छन् । यो वेब सिरिजको छायांकन सुरु भैसकेको बताइएको छ । 

यो वेब सिरिजमा अभिनेता विवेक ओवरायले काम गर्दैछन् । अदिती यो वेबमा मोडलको भूमिकामा प्रस्तुत हुन लागेको बताइएको छ । यो सिरिजमा क्रिकेट र मोडलिङको दुनियाँलाई देखाइने बताइएको छ ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया