वाइडबडी खरिद प्रक्रियामा दोषी ठहरिएकालाई पदबाट बर्खास्त गरेर अनुसन्धान गर्न विवेकशीलको माग

 पुस १९, २०७५ बिहिबार १३:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विवकशील साझा पार्टीले वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे छानबिन गर्न दोषी ठहरिएका सबैलाई पदबाट बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ ।

विवेकशील साझाले विज्ञप्ति जारी गर्दै संसदीय छानबिन उपसमितिले निकालेको निष्कर्षका बारेमा निष्पक्ष रुपमा छानबिन हुनुपर्ने माग गरेको हो ।

‘नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको समाचारप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संसदीय छानबिन उपसमितिले दोषी औंल्याएका सबैलाई तत्काल उनीहरूको कार्यभारबाट मुक्त गरी निष्पक्ष कानुनी र न्यायिक प्रक्रिया पारदर्शीरुपमा यथाशिघ्र अघि बढाउन नेपाल सरकारसँग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ।’ 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया