अष्ट्रेलियाविरुद्धको दोस्रोे एकदिवसीय खेलमा इंग्ल्याण्ड विजयी

 असार ३, २०७५ आइतबार ८:०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको दोस्रोे एकदिवसीय खेलमा इंग्ल्याण्ड विजयी भएको छ । ज्यासन रोयले शतकीय योगदान दिएपछि इंग्ल्याण्डले घरेलु टिमलाई ३८ रनले हरायो । जितसँगै इंग्ल्याण्डले ५ एकवदवशीय श्रृङ्खलामा २–० को अग्रता लिएको छ ।

ज्यासन रोयले १२० रनको योगदान दिँदा ओइन मोर्गनको अनुपस्थितिमा टिमको नेतृत्व गरेको जोस बट्लरले ७० बलमा ९१ रनको अविजित योगदान दिए । टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४२ रनको योगफल तयार पारेको थियो ।

रोयले १०८ बलमा १२ चौका र २ छक्का प्रहार गरे । यस्तै बट्लरले ८ चौका र २ छक्का प्रहार गरेका थिए । जोनी बेइस्र्टले पनि २४ बलमा ८ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडेका थिए । बलिङ तर्फ अष्ट्रेलियाका जेई रिचार्डसन, केन रिचार्डसन र एन्ड्रु टाईले समान २–२ विकेट लिए ।

३४३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४७.१ ओभरमा ३०४ रनमा अलआउट भयो । उसका लागि शन मार्सले १३१ रनको शतकीय योगदान दिए पनि टिमलाई जित दिलाउन सकेनन् । मार्सले ११६ बलमा १० चौका र ३ छक्का प्रहार गरेका थिए । एस्टन एगरले ४६ रनको योगदान दिए भने अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।

अष्ट्रेलियालाई कम स्कोरमा रोक्नका लागि लियाम प्लंकेट एक्लैले चार विकेट लिए । यस्तै अदिल रसिदले पनि ३ विकेट हात पारे ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया