चौधरीको सपथपछि राजपाका अध्यक्ष महतोले भने : सरकारले नागरिकको अभिमतको सम्मान गर्‍याे

 पुस १९, २०७५ बिहिबार १७:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीको सपथ ग्रहण गराएर सरकारले नागरिकको अभिमतको सम्मान गरेको प्रतिक्रिया दिनुभएको छ ।

बिहीबार सिंहदरबारमा रहेको संसद सचिवालयमा रेशम चौधरीको सपथग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले लोकतन्त्रमा नागरिकको अभिमतको सम्मान गर्ने काम भएको बताउनुभएको हो ।

उहाँले चौधरीलाई  निर्वाचनको १३ महिना पुगिसक्दा पनि सपथ नगराएर लोकतन्त्रलाई धब्बा लगाउने र नागरिकको अभिमतलाई इन्कार गर्ने काम भएकोमा सरकारले ढिलै भए पनि जनमतको कदर गर्ने काम गरेकाले सपथलाई राम्रो सुरुवातको रुपमा आफूहरुले लिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले संविधान संशोधन, बन्दी रिहाई, मुद्धा फिर्तालगायत आफूहरुले उठाएको मागमा सरकार सकारात्मक छ र भविष्यमा सम्बोधन हुँदै जाने विश्वासका साथ सपथलाई सहमति कार्यान्वयनको पहिलो कदमको रुपमा लिएको बताउनुभयो ।

रेशम चौधरीलाई अदालतले पनि न्याय गर्छ भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मुद्धालाई राजनीतिक रुपमा नै सम्बोधन गरिनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक आन्दोलनकारीलाई अपराधि भन्न मिल्छ कि मिल्दैन ?’

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया