चरेससहित दुईजना पक्राउ

 पुस १९, २०७५ बिहिबार १७:१२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – प्रहरीले २ सय ३५ किलो लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले बिहीबार बिहान धादिङको गजुरीबाट भारतीय नम्बर प्लेटको ट्रकमा लुकाई राखेको २ सय ३५ किलो परिमाणको चरेससहित एक जना भारतीय नागरिक र एकजना नेपाली नागरिक पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत निघौलीका ३० वर्षीय ट्रक चालक सतेन्द्र सिंह बेघल र पर्सा सोन वर्षाका ५० वर्षीय लाल महोम्मद गद्धी रहेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रमुख डीआईजी दिनेश अमात्यले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय, धादिङमा बुझाइएको छ । पक्राउ परेकामध्ये गद्धी लागुऔषध ओसारपसार कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया