नेपाली फुटबलका ‘म्याराडोना’ मणि शाहको स्मृतिमा एन्फाले १ लाख राशीकाे पुरस्कार दिने

 पुस १९, २०७५ बिहिबार १९:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान स्व. मणिविक्रम शाहको स्मृतिमा यसपटकको ए डिभिजन लिगमा उत्कृष्ट युवा खेलाडीलाई अखिल नेपाल फुटबल संघले पुरस्कृत गर्ने भएको छ ।

यस पुरस्कारकाे राशी एक लाख रुपैयाँ रहेको छ ।

नेपाली फुटबलका म्याराडोना उपनाम पाएका कलेजो र पित्तको समस्याबाट लामो समयदेखि पीडित पूर्व फुटबलर शाहको उपचारका क्रममा निधन भएको थियो ।

सन् १९८५ देखि राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरेका शाहले ४८ क्यापमा ६ अन्तर्राष्ट्रिय गोल गरेका थिए । उनले सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियाली खेलकुदमा नेपालमा झण्डा बोकेका थिए ।

फुटबलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोक्ने शाह एक्ला खेलाडी हुन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया