खप्तड गोल्डकप: पुस २४ गतेकाे उद्घाटन खेलमा सुदूरपश्चिम र झापा ११ बीच प्रतिस्पर्धा हुने

 पुस १९, २०७५ बिहिबार २१:१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - धनगढीमा आयोजना हुने सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम र झापा ११ बीच प्रतिस्पर्धा हुने भएको छ ।

धनगढी रंगशालामा पुस २४ गतेबाट हुने प्रतियोगिताको पहिलो खेलमा झापा आयोजक खेल्ने पक्का भए पनि बाँकी तालिका भने आयोजकले ट्रफी सार्वजनिक कार्यक्रममा गर्ने भएका छन् ।

सुदूरपश्चिममा आयोजना हुने खप्तड गोल्डकपको मुख्य प्रायोजन चौधरी ग्रुपले गर्ने भएको छ ।

पुस २४ देखि माघ ५ गतेसम्म आयोजना हुने प्रतियोगितामा थ्रीस्टार, संकटा, गोर्खा ब्वाइज रुपन्देही, नेपाल पुलिस क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर, एपीएफ, दिल्ली युनाइटेड भारत, च्यासल क्लब र आयोजक सुदूरपश्चिम ११ सहित १२ टिमको सहभागिता रहनेछ।

प्रतियोगिताको उपाधि विजेताले नगद २१ लाख १ हजार र उप-विजेताले १० लाख १ रुपैयाँ पुरस्कार पाउने छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया