गजुरीबाट चार किलो सुनसहित पक्राउ पर्ने तीनजनाको परिचय खुल्यो

 पुस २०, २०७५ शुक्रबार ९:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धादिङ – धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।

बिहीबार राति पौने १० बजेतिर  गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवाका २७ वर्षका अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षका सुरेन्द्र तामाङ र २४ वर्षका विकास तामाङलाई चार किलो सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

उनीहरु आएको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया