‘वीर विक्रम २’को पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’

 पुस २०, २०७५ शुक्रबार १२:३६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वीर विक्रम २’मा समावेश रहेको गीत सार्वजनिक भएको छ । पुरानो नेपाली चलचित्र‘देउता’मा समावेश भएको‘पिरतीको मिठो तिर्सना’बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको हो ।

चलचित्र ‘देउता’मा उक्त गीत इन्द्रजित मिजार र भारती घिमिरेले गाएका थिए ।  यता चलचित्र‘वीर विक्रम २’मा भने यो गीतलाई ताराप्रकाश लिम्बू र मेलिना राईले गाएका छन् । कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरको संगीत छ । पुरानो गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री सृजना बस्नेतले अभिनय गरेका थिए भने गीतको रिमेक भर्सनमा नायक पलशाह,नाजिर हुसेन र नायिका वर्षा शिवाकोटीले अभिनय गरेका छन् । भिडियो मुस्ताङ र मनाङमा खिचिएको हो । 

चलचित्र‘वीर विक्रम २’मा पल, नाजिर र वर्षाको अलावा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बूलगायतको अभिनय रहेको छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्वाजको कथा रहेको छ । अपर्ण सापकोटा चलचित्रको सह–निर्माताको रुपमा रहेका छन् । चलचित्र सुदीप बरालले खिचेका हुन् ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया