पत्नीसँग डिभोर्सको खुलासा गर्दै रवि लामिछानेले भने : श्रीमान म जिउँदै छु

 पुस २०, २०७५ शुक्रबार १३:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले आफ्नो डिभोर्स भएको खुलासा गरेका छन् । 

उनले आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो वैवाहिक जीवनका बारेमा बताएका छन् । 

रविले आफूले २४ वर्षअघि नै ईशासँग विवाह गरेको र अहिले सम्बन्ध विच्छेद भएको बताएका छन् । उनले भनेका छन्, ‘मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै सम्बन्ध विच्छेद पनि भैसकेको छ ।’

रविले वर्षौंसम्मको मतभेद र अलग बसाइका कारण आफूहरुको सम्बन्ध टिक्न नसकेको बताएका छन् । लामो समयसम्म पत्नीसँग बोलचाल पनि नभएको बताएका रविले आफ्नै राजीखुशीले सबै अधिकार लिएर पत्नीले सम्बन्ध विच्छेद गरेको स्पष्ट गरेका छन् । 

त्यस्तै रवि लामिछानेले आफ्नो विदेशी मूलकी एक प्रेमिकासमेत भएको खुलासा गरेका छन् । विदेशी मूलकी प्रेमिकासँग आफ्नो एक सन्तानसमेत भएको बताउँदै रविले अहिले उनीसँग पनि छुट्टिएको जानकारी दिएका छन् । 

रविले आफूलाई बदनाम गराउन अनेक प्रयास भएको बताउँदै आफूले वर्षौंको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन् । उनी आफू कतै नभागेको बताउँदै हरेक मंगलबार, बिहीबार र शनिबार टेलिभिजनमार्फत आउने बताएका छन् ।

फेसबुकमा के लेखे रविले ?


अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया