वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तामाङविरुद्ध राजश्व छलीको मुद्दा दायर

 पुस २०, २०७५ शुक्रबार १६:५७:१९ | उज्यालो सहकर्मी

काठमाडौं – वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङविरुद्ध राजश्व छली गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

 वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त करयोग्य आय लुकाई राजस्व छली गरेको अभियोगमा तामाङ विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । 

स्काई ओभरसिज सर्भिसेजका संचालक तामाङविरुद्ध १९ करोड ५७ लाख ४३ हजार रुपैयाँ विगो जरिवाना र ३ वर्ष कैद सजाय दाबी माग गरिएको छ  ।

विभागले वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीहरुबाट प्राप्त भएको आर्थिक वर्ष २०६६/०६७ देखि २०७३/०७४ सम्मजम्मा गराएको रकम कम्पनीको आयमा समावेश नगरी आयकर छली गरेको प्रमाणित भएकाले तामाङ विरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।

 बैंक खाताको विवरण, नियन्त्रणमा लिएका कागजात तथा अन्य प्रमाणहरुको अध्ययन एवं विश्लेषण गर्दा कर नतिरेको पुष्टी हुन आएको विभागको दाबी छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Durga Prasad Khanal

    Jan. 5, 2019, 4:50 p.m.

    All are Chitter.

  •  0 Reply

तपाईको प्रतिक्रिया