संसदको संयुक्त बैठक आज

 असार ३, २०७५ आइतबार १०:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संयुक्त बैठक बस्न लागेको हो । दिउँसो ४ बजेपछि बस्ने बैठकले संयुक्त सदन सञ्चालनको नियमावली पारित गर्ने तयारी छ । सांसद् कृष्णभक्त पोखरेल सभापति रहेको समितिले तयार पारेको संयुक्त सभा तथा समिति सञ्चालन नियमावली आज नै पारित गर्ने तयारी भएको हो ।

नियमावली अनुसार संयुक्त सदनका सदस्य प्रतिनिधित्व रहने गरी दुई समिति गठन हुनेछन् । जसमा राज्यका नीति निर्देशक सिद्धान्त कार्यान्वयन तथा अनुगमन समिति रहनेछ । यस्तै, संसदीय सुनुवाइ समितिमा दुबै सदनका सदस्य रहनेछन् । सुनवाइ समितिमा १२ सदस्य प्रतिनिधिसभा र ३ सदस्य राष्ट्रियसभाबाट प्रतिनिधित्व हुनेछ ।

यस्तै, नियमावलीमा संयुक्त बैठक सञ्चालनको कार्यविधि पनि समेटिएको छ । जसमा बैठकको अध्यक्षता लगायतका विषय पनि समेटिएका छन् । यसअघिको अभ्यास अनुसार नै संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभा सभामुखले गर्नुहुनेछ । यस्तै, संयुक्त नियमावलीमा दुबै सदनबाट निक्र्यौल हुनुपर्ने जनमतसंग्रहको प्रक्रिया पनि समेटिएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया