झापाको फाल्गुनन्द चोकमा एनआईसी एसिया बैंकको नयाँ शाखा

 पुस २०, २०७५ शुक्रबार १८:५२:५२ | उज्यालो सहकर्मी

एनआईसी एसिया बैंकले झापाकाे फाल्गुनन्दचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ ।

शाखाकाे एनआईसी एसिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शुक्रबार उद्घाटन गर्नुभयाे । उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सबलीकरण अभिवृद्धि गर्ने काममा महत्वपूर्ण योगदान पुयाएकाे विचार व्यक्त गर्नुभयो । 

यस बैंकले देशभरमा २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ । यसले निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकाे बैंकले जानकारी दिएकाे छ ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया