पर्यटक तान्न इलाममा पाँच तारे होटल खोल्नुपर्छ : प्रधानमन्त्री ओली

 पुस २०, २०७५ शुक्रबार १९:४१:५० | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामका आकर्षक पर्यटकीय क्षेत्रहरुको प्रचार गर्दै लगानीमा एकजुट हुन आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

इलाममा शुक्रबार भएको लगानी सम्मेलनको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले पर्यटक तान्न जिल्लामा पाँच तारे होटल खोल्न लगानीकर्तालाई आह्वान गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रदेश नम्बर १ लालीगुराँसको राजधानी हो । नेपालको राष्ट्रिय फूल लालीगुराँस फूल मात्रै नभएर औषधी पनि हो । लगानी धेरै गरेर उत्पादनको परिमाणमा वृद्धि गरौँ । यसका लागि सरकार लागि पर्नेछ ।’
 

अन्तिम अपडेट: चैत २९, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया