वाइडबडी प्रकरण : मन्त्रीलाई कारबाहीको सिफारिसबारे देउवा अनभिज्ञ !

 पुस २०, २०७५ शुक्रबार १९:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी प्रकरणमा कुनै मन्त्रीलाई कारबाहीको लागि सिफारिस गरिएकोबारे आफूलाई थाहा नभएको बताउनुभएको छ ।

सार्वजनिक लेखा समिति आफैँले कारबाही नगर्ने भएकाले ‘कारबाही गर्ने सरकारले कुनै मन्त्रीलाई कारबाही गर्ला’ भन्ने आफूलाई नलागेको सभापति देउवाले बताउनुभयो । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले सार्वजनिक लेखा समितिले कुनै मन्त्रीलाई कारबाहीको सिफारिस गरेको भन्ने आफूलाई नलागेको बताउनुभएको हो । ‘समितिले कुनै मन्त्रीको नाम लिएको छ भन्ने मलाई थाहा छैन’, देउवाले भने,  ‘छानबिन गर्न खोजेको भए छानबिनको विषय ठिकै हो ।’

देउवाले निर्मला पन्त हत्याको विषय कांग्रेसले कुनै हालतमा नछाड्ने बताउनुभएको छ  । ‘हत्यापछि प्रमाण मेटाउन प्रहरीले लुगा धोयो, नुहाएको छ । यो विषय त्यतिकै छाड्ने विषय नै होइन’, देउवाले भन्नुभयो ।

निर्मला हत्याकाण्डलाई सामान्य रुपमा नलिन समेत उहाँले आग्रह गर्नुभयो । ‘निर्मला पन्तको सानो कुरा हैन’,  सभापति देउवाले भन्नुभयो, ‘बालिकालाई हत्या गरेको छ । यसलाई कुनै हालतमा छाड्दैनौं ।’

ओली सरकार  दलदलमा फसिसकेको आरोप देउवाले लगाउनुभएको छ । देउवाले ओली सरकारले नागरिकलाई ढाँट्ने गरेको बताउनुभयो । आफूले प्रतिपक्षको रुपमा बोल्दा पनि मिडियाले नलेकोको उहाँको गुनासो थियो ।

देउवाले रेशम चौधरीलाई सपथ  खुवाएको विषयमा पनि आफू अनभिज्ञ रहेको बताउनुभयो । ‘वार्तामा बस्ने भन्दै सशस्त्र र नेपाल प्रहरीका दुवै टोलीलाई बिना हतियार बोलाएपछि गएको टालीले ल्याएर कारागार बुझाएको भएपनि किन सपथ खुवाएको हो मलाई थाहा छैन !’, देउवाले भन्नुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया