भारतविरुद्धको एक दिवसीय क्रिकेटका लागि अष्ट्रेलियाको टोलीमा काे-काे परे?

 पुस २०, २०७५ शुक्रबार २०:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाले भारतविरुद्धको एक दिवसीय क्रिकेट सिरिजका लागि टिमको घोषणा गरेको छ । 

एरोन फिन्चको कप्तानीमा तीनवटा एक दिवसीय क्रिकेट अष्ट्रेलियाले जनवरी १२ तारिखदेखि खेल्दै छ । अहिले चौथो टेस्ट खेलिरहेको घरेलु टोली अष्ट्रेलिया भारतसँग २–१ ले पछाडि छ ।

एक दिवसीय क्रिकेटका लागि घोषणा गरिएको १४ सदस्यीय टिममा ३४ वर्षीय पीटर सीडल पनि समावेश भएका छन् । उनी अष्ट्रेलियाको राष्ट्रिय टिममा ८ वर्षपछि सामेल हुन लागेका हुन् ।

सीडलले अन्तिम एक दिवसीय क्रिकेट सन् २०१० मा श्रीलंकाविरुद्ध खेलेका थिए । यसैगरी सीडलका साथै उस्मान खवाजा र नेथन लायन पनि समावेश छन् ।  लायन दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा बाहिर थिए ।

अष्ट्रेलियाका क्रिकेटर उष्मान खवाजा

उनी पनि २ वर्षपछि टिममा परेका हुन् । यसैगरी खवाजा २०१६ मा श्रीलंकाविरुद्ध खेलेयता टिममा परेका थिएनन् । खवाजाले टेस्टमा स्थान बनाए पनि एक दिवसीयमा बलियो पकड बनाउन सकेका छैनन् । ३८ टेस्ट खेलिसकेका खवाजाले जम्मा १८ वटा एक दिवसीय क्रिकेट खेल्दै ५७० रन बनाएका छन् ।

यसैगरी अष्ट्रेलियाले आउँदाे सिरिजका लागि दुईजना उपकप्तान पनि बनाएको छ । सन् २०१७ को मार्चमा बल टेम्पिरिङ भएपछि अष्ट्रेलिया क्रिकेट बोर्डले यस्तो रणनीति बनाएको हो ।

भारतविरुद्धको एक दिवसीय क्रिकेटमा अलराउण्डर मिचेल मार्श र विकेटकीपर एलेक्स क्यारीलाई उपकप्तान बनाइएको छ । यसैगरी तीव्र गतिका बलर मिचेल स्टार्क, जोश हेजलवुड र प्याट कमिन्सलाई श्रीलंकाविरुद्धको टेस्ट क्रिकेटका लागि ‘ब्याक अप’मा राखिएको छ ।

यस्तै क्रिस लिन, ट्राभिस हेड र डार्सी शर्ट खराब लयका कारण टिममा स्थान बनाउन असफल भएका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया