न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस अन्तिम साताबाट

 पुस २०, २०७५ शुक्रबार २१:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाडाैं - न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक न्यु डायमण्ड र चितवनले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुस अन्तिम साताबाट आयोजना हुने प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् जसमा आयोजक न्यु डायमण्ड एकेडेमी, चितवन टाइग्रेस, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टप्स मावि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पारामाउन्ट स्कुल रहेका छन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागीहरुलाई चार समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा न्यु डायमण्ड र चितवन, समूह ‘बी’ मा टप्स र पारामाउन्ट, समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जावलाखेल रहेका छन् ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाउनेछन् । तेस्रो हुने टिमले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार र संघका महासचिव जितेन्द्र बहादुर चन्दले व्यक्तिगत १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।


 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया