कोशीमा चाँडै नै पानीजहाज चल्छ : प्रधानमन्त्री ओली

 पुस २१, २०७५ शनिबार ६:४०:४० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकास र समृद्धिको यात्रामा अघि बढिसकेकोले अब नेपाली जनताको सपना  विकसित र समृद्ध देश चाँडै नै पूरा हुने  बताउनुभयो ।

पाँचथरको रविमा शुक्रबार राँके, रवि हुँदैं धनकुटाको भेडेटार जोडिने सडकको कालोपत्रे कामको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशको विकासको लागि हरेक दिन एक कदम अघि बढिरहेको वताउनुभयो । 

एक अर्काे प्रसंगमा प्रधानमन्त्री ओलिले कोशी नदीमा पानीजहाज सञ्चालन गर्ने प्रक्रिया अघि बढेको भन्दै कोशी नदिमा चाँडै नै पानीजहाज सञ्चालन हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले पानीजहाज चल्ने कुरा कुनै मजाकको कुरा नभएको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीसँगै सडक शिलान्यास कार्यक्रममा पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो सडकको कालोपत्रेको काम सुरु हुनुले एक नम्बर प्रदेशका पहाडी जिल्लाको समृद्धिको ढोका खुलेको बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया