कम्पनीमा दर्ता गर्न ठूला यातायात व्यवसायीले गरे अटेर

 पुस २१, २०७५ शनिबार १२:१५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

कम्पनीमा दर्ता भएकाे दीगाे यातायात

काठमाडौं – सरकारले सार्वजनिक यातायात व्यवसायीलाई कम्पनी ऐन अन्तर्गत दर्ता हुन समय थपे पनि ठूला यातायात व्यवसायीले अटेर गरेका छन् । 

सरकारले कम्पनी ऐन अन्तर्गत दर्ता हुन दोस्रो पटक आउँदो फागुन मसान्तसम्मको समय थप गरे पनि ठूला व्यवसायीले दर्ता गर्न अटेर गरेका हुन् । 

गएको वर्ष चैतमा यातायात क्षेत्रमा भएको सिन्डिकेट अन्त्य गर्ने भन्दै सरकारले असार मसान्तसम्ममा कम्पनीमा दर्ता हुन व्यवसायीलाई आह्वान गरेको थियो । तर सबै व्यवसायी कम्पनीमा दर्ता हुन नआएपछि गएको मंसिर मसान्तसम्म थप गरेको समयमा पनि त्यसो नभएपछि आउँदो फागुन मसान्तसम्मको समय दिएको हो । 

तर अझै पनि व्यवसायीले कम्पनीमा दर्ता हुन अटेर गरेका यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार अहिले सम्म झण्डै २८ सय कम्पनी र तिनका ९ हजार गाडी मात्र कम्पनीमा दर्ता भएका छन् । तर देशभर गरी चार लाखभन्दा बढी सार्वजनिक गाडी सञ्चालनमा रहेका विभागको तथ्याङ्क छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कम्पनीमा सय भन्दा बढी सेयर सदस्य राख्न पाउनुपर्ने र समितिका सम्पत्ति तथा दायित्व कम्पनीमा सर्नुपर्ने शर्त राखेको र त्यसका लागि कानुन संशोधन गर्नुपर्ने यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया