महिलामा गर्भ खेर जाने समस्या बढ्दै : चिकित्सक

 पुस २१, २०७५ शनिबार १२:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – महिलामा गर्भ खेर जाने समस्या बढेको डाक्टरले बताएका छन् । 

गर्भवती भएपछि खानपिन  र स्वास्थ्यमा ध्यान नदिँदा गर्भ खेर जान थालेको भन्दै सचेत हुन डाक्टरले सुझाव दिएका छन् । 

डाक्टर पवन शर्माका अनुसार पहिलो बच्चा जन्मिसकेपछि डाक्टरको सल्लाहबिना नै दोस्रो बच्चाको तयारी गर्ने महिलामा गर्भखेर जाने समस्या देखिन थालेको हो । 

गर्भवती भएको समयमा खानपीनमा  ध्यान नदिँदा पनि अपाङगता भएका बच्चा जन्मने वा खेर जाने जोखिम धेरै हुने उहाँको भनाई छ । बच्चा जन्माउन पनि योजना बनाउनुपर्ने र नजन्माउँदा पनि योजना बनाउनुपर्ने उहाँको भनाई छ ।  

गर्भ खेर गएपछि महिलामा महिनावारी र पाठेघरको समस्या हुने गरेको पनि उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया