साहुको चर्काे ब्याजबाट छुटकारा पाउँदै बझाङका महिला

 पुस २१, २०७५ शनिबार १७:२१:५२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सात वर्ष पहिले छोरा बिरामी हुँदा साहुको घरबाट ५ प्रतिशत ब्याजदरमा १० हजार ऋण लिएकी छविसपाथिभेरा गाउँपालिका ३ कि ध्याम्पुरीदेवी विकले पाँच वर्षसम्म साहुको ऋण तिर्ने प्रयास गर्नुभयो । कमाएको सबै पैसा महिनैपिच्छे साहुलाई बुझाउनुभयो । तर साहुको ऋण तिर्नको उहाँले ब्याज मात्र साँवाको दोब्बर बुझाइसक्नुभएको बताउनुहुन्छ ।

‘साँवाको ठेक कहिल्यै काटिएन् । साहुलाई ब्याज दिँदा दिँदै हैरान भएँ’, विकले भन्नुभयो, ‘साहुलाई ब्याज मात्र होइन । साँवाको दोब्बर रकम बुझायौं । तर पनि ऋण चुक्ता हुन सकेन । र पछि खेत बेचेर ऋण तिर्नुपर्यो ।’

विकको मात्र होइन, बझाङ जिल्लाका अधिकाशं ग्रामिण भेगका महिलाहरुको बाध्यता नै यस्तै थियो । छबिसथाथीभेरा गाउँपालिका २ कि कमला जोशीको अनुभव पनि सुनारकोभन्दा फरक छैन । जोशीले भन्नुभयो, ‘पैसा आवश्यक भयो भने स्थानीयस्तरमा साहुमाहार्जन कहाँ जान्थ्यौं । एक सयको मासिक पाँचदेखि १० प्रतिशतमा हामीले नै ऋण लिकालेका हौ ।’ ऋण लिनका लागि अहिले साहुको घरदैलो चाहार्नु पर्दैन । बरु हामीहरुले साहुलाई सुकाएका छौं ।’

पछिल्लो समयमा गाउँ–गाउँमा सहकारी स्थापना भएपछि ग्रामिण भेगमा बस्ने महिलाहरुको सहकारीमा नियमित बचत तथा ऋण निकाल्न समेत सहजको छ । सहकारी आएपछि साहुको घरदैलोमा चर्को ब्याजदरमा ऋण निकाल्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

ग्रामिण भेगमा बसोबास गर्दै आएका महिलाहरु अहिले बचत तथा ऋणमा लगानी मात्र सहकारीमार्फत गर्दैनन् । विभिन्न सामाजिक अभियान समेत सहकारीबाट सञ्चालन गर्दै आइरहेका छन् ।

पछिल्लो समयमा सहकारीमा महिलाहरुको सहभागिता बढ्दै गएपछि अपनत्व समेत बढ्दै गइरहेको छ । बान्नी मष्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेश रोकायाले भन्नुभयो, ‘हामीले सहकारी स्थापना गर्नुभन्दा अगाडि साहुमाहार्जनबाट चर्को ब्याजमा ऋण निकाल्ने गरेका थिए । तर अहिले जिल्लाका सबै गाउँहरुका सहकारीहरु स्थापना भएको छ । साहुको घरदैलो समेत छुटेका छ । पुरुषको तुलनामा महिलाहरुको सहभागिता सहकारीका बढी रहेको छ ।’ 

महिलाहरु आफै मिलेर समेत सहकारी सञ्चालन गरेका छन् । सहकारीले फोकट खर्चको जोह गर्न समेत सिकाएको महिलाहरु बताउँछन् । गाउँमा अहिले सहकारीमा पैसा जम्मा गर्नका लागि प्रतिस्पर्धा जस्तै चलेको महिला अधिकारकर्मी सीता सिंहको भनाई छ । महिलाहरु आर्थिक रुपमा सबल भएपछि महिला हिंसा पनि हट्दै गएको अगुवा महिलाहरुको बुझाई छ ।

 
 

अन्तिम अपडेट: चैत २८, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया