बेवारिस अवस्थामा भरुवा बन्दुक भेटियो

 पुस २१, २०७५ शनिबार १८:४६:२१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको इस्मा गाउँपालिकामा बेवारिस अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ ।

इस्मा गाउँपालिका ५ कोे ओढाराको खोल्सामा प्लाष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा बटुवाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले बताउनुभयो ।

शुक्रबार राति प्रहरीले जंगलमा शिकार खेलिरहेको भन्ने सूचना पाएपछि  त्यसको खोजीका लागि शनिबार जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काको नेतृत्वमा गएको टोलीले खोजतलासको क्रममा शनिबार दिउँसो बेवारिस अवस्थामा बन्दुक बरामद गरेको हो ।

शुक्रवार राति शिकार खेल्ने क्रममा स्थानीयहरुले प्रहरी आएको थाहा पाएर भाग्ने क्रममा बन्दुक छाडेर गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया