सुरुङमा पुरिएको ३८ घण्टापछि चारजना मजदुरको सकुशल उद्धार

 असार ३, २०७५ आइतबार १२:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको फ्याक्सिन्दामा पुरिएका चारजना मजदुरको ३८ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

शुक्रबार राती ९ बजेतिर पहिरो खसेपछि पुरिएका कालिकोटको सिउना गाउ“पालिका ४ का प्रदीप शाही, जुम्लाको चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारतको बिहारका नन्द किसोरको आइतबार सकुशल उद्धार गरिएको संखुवासभाका प्रहरी नायव उपरिक्षक श्यामकुमार सारु मगरले जानकारी दिनुभयो ।

उनीहरुको खोजीका लागि शनिबार दिउँसोदेखि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयवासीन्दा ६ वटा स्काभेटरसहित उद्धारमा खटिएका थिए । ठुलो पहिरो गएकाले उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान गर्दै प्रहरीले सकुशल उद्धार गर्ने सम्भावना नरहेको बताएपनि शनिवार दिउँसोदेखि खोज तथा उद्धारको काम थालेको थियो ।

उद्धार गरिएका चारैजनालाई घटनास्थलमै स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरिरहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि डिएसपी सारुमगरले जानकारी दिनुभयो । सुरुङमा बिस्फोट गराईसकेपछि सफा गर्न गएका उनीहरु पहिरोमा फसेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • kumar Gajmer

    June 17, 2018, 2:12 p.m.

    अति राम्रो काम #उद्दार मा खटिएका हरुप्रति सेल्युट। #चारै जनाको स्वास्थ लाभको कामना।

  •  0 Reply

तपाईको प्रतिक्रिया