संस्कृति जोगाउन पञ्चेबाजा प्रतियोगिता

 पुस २१, २०७५ शनिबार २०:१:१७ | सिताराम अधिकारी

धादिङ – रेडियो धादिङको १२ औं स्थापना दिवसको अवसरमा शनिबार धादिङबेसीमा पञ्चेबाजा प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सरस्वती पञ्चेबाजा समूह ज्वालामूखी प्रथम, युवा सांस्कृतिक पञ्चेबाजा समूह बेलकोटगढी नुवाकोट दोस्रो र ब्रम्हायणी पञ्चेबाजा समूह निलकण्ठ तेस्रो भएका हुन ।

विजेता समूहलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । प्रथम, दोस्रो र तेस्रो टिमलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले अबको युग विकास निर्माणको युग भएकोले नयाँ युग समाजवाद उन्मुख युगतर्फ लैजानका लागि आग्रह गर्नुभयो ।

 

अन्तिम अपडेट: चैत २०, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया