जन्मदिनमा दीपिका पादुकाेणकाे वेबसाइट लञ्च, अत्यधिक भिजिटरका कारण ३ घण्टा ठप्प

 पुस २१, २०७५ शनिबार २१:१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेतृ दीपिका पादुकोणले आफ्नो ३३ औं जन्मदिनको अवसरमा आफ्ना फ्यानहरुका लागि वेबसाइट लञ्च गरेकी छिन् ।

उनको वेबसाइटको नाम deepikapadukone.com हो । यो वेबसाइट आज अर्थात जनवरी ५ तारिखको अपराह्न ४ बजे लञ्च गरिएको थियो ।

यस वेबसाइटमा उनको फिल्मी जिन्दगीका उतारचढावका सबै जानकारीहरु उपलब्ध हुने बताइएको छ ।

दीपिकाप्रति फ्यानहरुको लगाव यतिसम्म देखियो कि उनले वेबसाइट लञ्च गरेको ३ घण्टासम्म अत्यधिक भिजिटरका कारण वेबसाइट नै ठप्प भयो । करिब ३ घण्टापछि अर्थात बेलुकी ७ बजेतिर मात्र वेबसाइट खुलेको थियो ।

अब दीपिकासँग जोडिएका मनोरन्जनसम्बन्धी सामग्री यही वेबसाइटमा उपलब्ध हुनेछन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया